२०८२ भाद्र २५ गते बुधवार
सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । आज (सोमवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
२९ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
हाल सेती प्रादेशिक अस्पतालमा ४ जना संक्रमित उपचाररत रहेका छन्। संक्रमितमध्ये २ जनालाई आइशोलेसन र २ जनालाई आइसियुमा राखिएको श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij