Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मधेस मुद्दाबारे प्रम ओलीले लिए बोल्ड डिसिजन, महन्थ ठाकुरको खुलासापछि तराईमा खुशियाली

मधेस मुद्दाबारे प्रम ओलीले लिए बोल्ड डिसिजन, महन्थ ठाकुरको खुलासापछि तराईमा खुशियाली


  • 5.4K
    Shares

    मधेस मुद्दाबारे प्रम ओलीले लिए बोल्ड डिसिजन, महन्थ ठाकुरको खुलासापछि तराईमा खुशियाली

    सरकारले मधेस मुद्दा सम्बोधनको काम अघि बढाएको खुलेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुद्दा सम्बोधनको काम अघि बढिसकेको खुलासा गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको बताउँदै ठाकुरले पछिल्ला समय भएको छलफलमा मधेशको मुद्दामा सकारात्मक कुरा भएको बताए ।

    शुक्रवार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्याधिवक्ताको कार्यालयसँग राय मागिएको बताए ।

    प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै ठाकुरले केही कार्यहरुलाई अगाडि समेत बढाएइको बताए ।

    प्रधानमन्त्रीसँग पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको अध्यक्ष ठाकुरले बताए ।

    प्रधानमन्त्रीले काम अघि बढाएसँगै लामो समयदेखि थाँती रहेका मुद्दा सम्बोधनको आशमा खुसियाली छाएको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १४:३०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij