Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिदेशीय फुटबल कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने

त्रिदेशीय फुटबल कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने


  • 13.0K
    Shares

    त्रिदेशीय फुटबल कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने

    काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै छ।

    काठमाडौंस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुने फाइनल खेलमा नेपाल–बंगलादेश आमनेसामने हुने भएका हुन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने भएका छन्।

    आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल हेर्न प्रधानमन्त्री जाने एन्फा स्राेतले जनाएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबलअन्तर्गत फाइनल खेलको टिकटको मूल्य बढाएको छ । नेपाल र बंगलादेशबीच हुने उपाधि प्रतिस्पर्धाको टिकटको मूल्य बढाइएको हो ।

    यसअघिका खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य फाइनलमा भने बढाइएको हो । फाइनल खेलका लागि भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

     

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १३:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij