२०८२ फाल्गुण ३० गते शनिवार
कैलाली । कैलालीको कैलारी गाउँपालिका ५ पवेरा बजारमा गएराती मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
से ३ प २२ ५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१ नम्बरको मोटरसाइकल गएराती सवा नौ बजे एकआपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा २२ ५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका ८ का २५ वर्षीय सुमन चौधरी रहेका छन् ।
धनगढी स्थित सेती प्रादशिक अस्पतालमा उपचारको क्रममा गएराती नै उनको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडी सवार व्यक्ति र ७४ ५१ नम्बरको मोटरसाइकलका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij