Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ


  • 5.7K
    Shares

    आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    बझाङ । आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन ।

    सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाँउकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आईतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन ।

    पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले बताए ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १०:३९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij