२०८२ फाल्गुण ३० गते शनिवार
तराईका जिल्लाहरुमा आज (सोमबार) धुमधामका साथ होली पर्व मनाईँदै छ । आइतबार पहाडी क्षेत्रमा मनाइएको होली तराई तथा मधेसका जिल्लाहरुमा भने आज मनाउन लागिएको हो ।
पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ । कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै होलीमा भीडभाड हुने गतिविधिहरु नगर्न सरकारले आह्वान गरेको छ ।
तर होली मनाउने क्रममा भीडभाड नगर्न सरकारले जारी गरेको आदेश काठमाडौँसहितका जिल्लामा नागरिक तहबाट अवज्ञा गरिएको थियो । सडकमा चेकजाँच कडा पारेको भए पनि वसन्तपुर लगायतका स्थानमा ठूलो संख्यामा मानिसहरु होली मनाउन भेला भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij