Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

झा दम्पती हत्या प्रकरण : थप तीन जना पक्राउ

झा दम्पती हत्या प्रकरण : थप तीन जना पक्राउ


  • 6.6K
    Shares

    झा दम्पती हत्या प्रकरण : थप तीन जना पक्राउ

    महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

    तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

    पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरालगायत सामग्री फेला परेको थियो ।

    प्रहरी उपरीक्षक दिनेश आचार्यले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरिरहेको बताएका छन् । हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ ।

    फागुन १० गते रातिदेखि वेपत्ता पारिएका सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको करिब एक महिनापछि गत बिहीबार पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा शव फेला परेको थियो ।

    यसअघि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर थिए ।

    प्रकाशित मिति :चैत्र १५ २०७७ आइतवार - १९:२१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij