२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ ।
कुटपिटमा दुई युवक घाइते भएका छन् । शनिबार दिनभर वसन्तपुरमा होली मनाइको छ । होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको हो ।
वसन्तपुर नजिकै छ्वासपाखा गल्लीमा भएको कुटपिटमा दुई जना घाइते भएका छन् । उनीहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
सात आठ जनाको समूहले उनीहरुमाथि धारिलो हतियारले प्रहार गरेको हो । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij