Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैपटक’ म माथि ठूलो दबाब छ : प्रचण्ड

‘समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैपटक’ म माथि ठूलो दबाब छ : प्रचण्ड


  • 6.4K
    Shares

    ‘समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैपटक’ म माथि ठूलो दबाब छ : प्रचण्ड
    images

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन् । शनिवार प्रज्ञाप्रतिष्ठान डबलीमा नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    ‘म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकैपटक अघि बढाउँ भनेर मात्रै हो,’ उनले भने ।उनले समर्थन फिर्ता लिनका लागि आफूलाई विभिन्न ठाउँबाट दबाब आएको पनि बताए ।

    ‘हत्त न पत्त समर्थन फिर्ता नलेउ भनेर ममाथि ठूलो दबाब छ । म अब दारा किटेर मात्रै बसेको हो, समर्थन फिर्ता लिन्छु’ उनले भने ‘मलाई समर्थन फिर्ता नलेऊ भन्ने मलाई दबाब छ । अब नैतिक र राजनीति रूपले म अब धेरै दिन रोक्दिनँ छिट्टै प्रक्रिया अगाडि बढाउछु ।’

    उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए। ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आन्दोलनमा आएको हो। सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए। जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो,’ उनले भने।

    प्रकाशित मिति :चैत्र १४ २०७७ शनिवार - २०:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij