Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन


  • 8.6K
    Shares

    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।

    शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए।

    नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री बनेका थिए।

    काठमाडौंको उपमेयर समेत बनिसकेका नेता जोशी काठमाडौंवासीबीच निकै लोकप्रिय नेता हुन्।

    ‘जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - २१:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij