२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई दुबई जान रोक लगाइएको छ ।
उनले अत्यधिक मधिरा सेवन गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुबई जान रोक लगाएको हो ।
आज (बुधबार) फ्लाई दुबईको विमान दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे ।
प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।
उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।
नर्मल अवस्थामा आएपछि राईलाई दुबई जान दिइने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij