Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

एक वर्षमा ६० करोड भन्दा बढीको करेन्ट चाउचाउ विदेश निर्यात

एक वर्षमा ६० करोड भन्दा बढीको करेन्ट चाउचाउ विदेश निर्यात


  • 2.5K
    Shares

    एक वर्षमा ६० करोड भन्दा बढीको करेन्ट चाउचाउ विदेश निर्यात

    करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले एक वर्षमा ६० करोड रुपैयाँ भन्दा बढीको उत्पादन विदेश निर्यात गरिएको जनाएको छ।

    कम्पनीले आफ्ना उत्पादनहरू भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको र विदेशमा समेत नेपाली उत्पादनले ख्याती कमाएको स्पष्ट पारेको छ।

    यशोदा फुड्सका उत्पादनहरू प्रयोगशाला परीक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन भएको कम्पनीको भनाई छ।

    कम्पनीले उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गरिएको भन्दै त्यसप्रति कम्पनी सजग रहेको बताएको छ।

    ‘हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्ता मनोगढंत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागि यस उद्योगका उत्पादनह’को उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौँ।’

    कम्पनीले आफ्नै देशमा नेपाली किसानहरूबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्क, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठूलो धनराशी विदेश जानबाट रोकेको बताएको छ।

    साथै, करीब १ हजार नेपालीलाई प्रत्यक्ष रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरूलाई रोजगारी दिलाउन सफल भएको पनि स्मरण गराएको छ।

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १९:२३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij