Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन


  • 8.2K
    Shares

    हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन
    images

    खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। 

    एक नम्बर प्रदेश सरकारको रु दश लाख सहयोगमा सो अस्पताल सञ्चालनमा आएको हो। अस्पतालको समयावधि सकिएपछि पनि निरन्तरता दिने गरी सञ्चालन गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए।

    “अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितका साथै सामान्य बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “भिडियो एक्स–रे र ल्याबसहितको सेवा दिने गरी स्थापना गरिएको अस्पताललाई कोरोना सङ्क्रमण निर्मूल भएपछि पनि निरन्तरता दिने योजना बनाएका छौँ ।”

    डा कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन शुरुआत गरेका छन्। तीन महिनासम्म प्रदेश सरकारको लगानीमा सञ्चालन हुने अस्पताललाई नगरपालिकाले निरन्तरता दिने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । 

    एघार वडा रहेको नगरपालिकामा यसअघि चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। रोजगारी तथा विभिन्न काममा बाहिरबाट आएका उनीहरु चारै जना उपचारपछि सङ्क्रमणमुक्त भइसकेका नगरपालिकाले जनाएको छ । 

    दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच श्ययाकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो। जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम स्थापनाको काम भइरहेको पाइएको छ । 

    त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा यही मङ्सिर–१५ गते १५ श्ययाको अस्पतालसमेत शिलान्यास गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाका छ स्थानीय तहमा अस्पताल निर्माण हुँदैछ । 

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क, जन्तेढुङ्गा र साकेला गाउँपालिकामा यस वर्ष अस्पताल बन्ने सांसद विशाल भट्टराईले जानकारी दिए । जिल्लाको एकमात्र १५ श्ययाको अस्पतालसमेत यसै वर्ष ५० श्ययामा स्तरोन्नति हुँदै छ । 

    करिब रु ५५ करोड लागतमा निर्माण हुने जिल्ला अस्पतालको बोलपत्र आह्वान गर्ने तयारी गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०४८ मा स्थापना भएकोे जिल्ला अस्पताल अहिलेसम्म पनि स्तरोन्नति नहुँदा कतिपय बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । रासस

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १५:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij