Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

दीप दर्शनको गजलसंग्रह ‘दुश्मन’ काठमाडौंमा विमोचन हुने 

दीप दर्शनको गजलसंग्रह ‘दुश्मन’ काठमाडौंमा विमोचन हुने 


  • 3.5K
    Shares

    दीप दर्शनको गजलसंग्रह ‘दुश्मन’ काठमाडौंमा विमोचन हुने 
    images

    काठमाडौं । गजलकार दीप दर्शनको दोस्रो गजलसंग्रह ‘दुश्मन’ काठमाडौंमा विमोचन हुने भएको छ । आगामी असार १ गते उक्त गजलसंग्रहको विमोचन काठमाडौंमा हुने दीप दर्शनले जानकारी दिए । 

    झन्डै ९२ वटा गजलहरूको संयुक्त संग्रह ‘दुश्मन’ विमोचनका लागि सबै तयारी पूरा भएको उनले बताए । विमोचन कार्यक्रममा उपस्थितिका लागि दीप दर्शनले साहित्यकार, गीतकार, संगीतकार, कवि, कथाकार, गजलकारका साथै सम्पूर्ण साहित्यप्रेमीहरूलाई आग्रह गरेका छन् । 

    करिब ६० को दशकयता नियमति लघुकथा, कविता, गजल, मुक्तक, हाइकु, केस्रा लगायतका थुप्रै साहित्यिक विधामा कलम चलाउँदै आएका दीप दर्शनले २०६६ मा ‘कालो बादलभित्रको चन्द्रमा’ गजलसंग्रह प्रकाशित गरेका थिए । 

    जाजरकोटका दीप दर्शन प्रवासका विभिन्न साहित्य संगठनमा आवद्ध छन् । उनी उदाउदो तारा साहित्य समाज पेनाङ मलेसियाका अध्यक्ष हुन् भने विश्व नेपाली साहित्य महासंघका पूर्व सदस्य थिए ।

    उनले यसअघि मेचीकाली, सृजनाका स्वरहरू, समुन्द्र दन्केपछि सयुक्त गजलसंग्रह प्रकाशित गरेका छन् । त्यस्तै मियो स्तुप संयुक्त लघुकथा संग्रहमा पनि दीप दर्शनका कथा संग्रहित छन् । 

    साहित्य लेखनमा योग्दान पुर्याएको भन्दै उनलाई नेपाल राष्ट्रिय मावि–२०६७, २०६९ जाजरकोट र प्रवासी नयन साहित्य समाज जोहोर मलेसियामा सम्मान गरिएको थियो । 

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - ११:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij