Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु


  • 7.9K
    Shares

    चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

    चितवन । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनाले परिचयपत्र लगिसकेका छन् ।”

    शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उहाँले बताउनुभयो । “शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उहाँको भनाइ छ ।

    छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उहाँले जानकारी दिनुभयो । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो । रासस

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १६:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij