२०८२ भाद्र ८ गते आइतवार
खोटाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला नेता पक्राउ परेका छन् । चन्द समूहका खोटाङ पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा शुक्रबार बिहान पक्राउ परेका हुन् ।
जनपद र सशस्त्र प्रहरीको संयुक्त अपरेशनमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा क्षेत्रबाट उनलाई पक्राउ गरिएको खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
उदयपुरको कटारीस्थित प्रहरीमा मुद्धा रहेको र उक्त कार्यालयबाट पक्राउको आग्रहपछि खोटाङ प्रहरीले पक्राउ गरेको डीएसपी चिमोरियाले बताए । पक्राउपछि उदयपुर पठाउन लागिएको डीएसपी चिमोरियाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij