२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) को निष्कासन तथा बिक्रीका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक केदारनाथ कार्कीले हस्ताक्षर गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij