२०८२ भाद्र २३ गते सोमवार
बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन्।
'यो विशाल छ, यो विनाशकारी छ,' युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने। उनका अनुसार पाँच सय ५० जना घाइते र ४५ हजार जना विस्थापित छन्।
बंगलादेशी अधिकारीहरूका अनुसार आगलागी हुनुको कारणबारे अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ।
"सबै सक्यो। हजारौं घरविहीन भएका छन्," बालुखाली क्याम्पबाट शरणार्थी अमन उल्लाले रोयटर्ससँग भने," आगलागी ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो तर केही भागमा रातभर धुँवा उडेको देखिन्थ्यो।"
बंगलादेशी अधिकारीहरूले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताएको छ।
४० हजार क्याम्पका टहराहरू जलेको प्रकोप व्यवस्थापन र राहत मन्त्रालयका सचिव मोहम्मद मोहसिनले बताए।
कक्सबजारका दुइटा मुख्य अस्पतालहरू पनि भत्किएका छन्। यसबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन भएको छ। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij