Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चौरसिया मृत्यु प्रकरण : पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने

चौरसिया मृत्यु प्रकरण : पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने


  • 6.7K
    Shares

    • images
    चौरसिया मृत्यु प्रकरण : पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने
    images

    वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ ।

    प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ । यससँगै घटनापछि फरार रहेका गुप्ता वीरगञ्ज फर्किएका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा पार्टीकै दुई पक्षबीच कात्तिक ६ गते भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । एलएस न्युरो अस्पतालमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो ।

    मुकेशको सुनियोजित हत्या भएको भन्दै उनका भाइ महेशले तत्कालीन संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनीहरुले सडकमा प्रदर्शन समेत गरे । अर्को पक्षले पनि प्रदेश सह इन्चार्ज नागेन्द्र चौधरीसहित १५ जनाविरुद्ध जाहेरी दिएका थिए ।

    प्रहरीले भने मुख्य अभियुक्त अखिलेश भनिने अशेसर प्रसाद चौरसिया, उत्तम भनिने निरञ्जन तिवारी, हनिफ मियाँ देवान र देवा सहनीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    प्रहरीकै राय प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले राजकुमार गुप्ता, धिरज चौरसिया, वकिल गद्दी र नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

    ‘चौरसिया मृत्यु प्रकरणमा प्रहरीबाट आएको राय प्रतिवेदन हामीले अध्ययन गर्‍यौं, त्यसपछि ७ जना विरुद्ध अभियोजन दर्ता गर्नुनपर्ने देखियो’ जिल्ला न्यायधिवक्ता पदमबहादुर कार्कीले भने, ‘बाँकी २० जना अभियुक्तविरुद्ध अभियोजन दर्ता गरेका छौं ।’

     

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १३:१९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij