Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल : २०८१ जेठ १३ गते (आइतवार)

आजको राशिफल : २०८१ जेठ १३ गते (आइतवार)


  • 6.7K
    Shares

    आजको राशिफल : २०८१ जेठ १३ गते (आइतवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा पनि प्रगति नै हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला, तर शुभ कार्यमा सरिक भइनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक भइनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ०५:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij