Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतीय कारखानामा विस्फोट, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

भारतीय कारखानामा विस्फोट, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो


  • 3.9K
    Shares

    भारतीय कारखानामा विस्फोट, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    काठमाडौं । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् ।

    बिहीबार भएको विस्फोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् । 

    अधिकारीका अनुसार उक्त घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ । मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्प इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।

    विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए । विष्फोटको आवाज १।५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ ।

    घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १२:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij