२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । गीतकार विनय अधिकारीको सांगीतिक कोशेली ‘युके बस्ने माया’ लोकार्पण हुने भएको छ । भोलि (बुधबार) एक कार्यक्रमको आयोजना गरी ‘युके बस्ने माया’को लोकार्पण हुने अधिकारीले जानकारी दिए ।
उनको आफ्नै युट्युब च्यानल विनय अधिकारीमार्फत ‘युके बस्ने माया’ सार्वजनिक हुने भएको हो । यो अधिकारीको दोस्रो सांगीतिक कोशेली हो ।
युवा व्यवसायी तथा एनआरएनए अभियान्तासमेत रहेका उनले विगत लामो समयदेखि गीत संगीत सिर्जना तथा साधना गर्दै आएका छन् । उक्त गीतमा अधिकारी स्वयंले शब्द सिर्जना गरेका छन् भने बद्री सापकोटाले संगीत भरेका छन् ।
‘युके बस्ने माया’मा पछिल्लो समय निकै चर्चित तथा कर्णप्रिय स्वरकी धनी गायिका शान्तिश्री परियार र बद्री सापकोटाले स्वरबद्ध गरेका छन् ।
विक्रम चौहानको निर्देशनमा विनय अधिकारी र जुनु गुरुङलाई म्युजिक भिडीओमा देख्न सकिनेछ । यसअघि ‘दुनियाँ लठ्ठै छ’ बोलको गीतमार्फत अधिकारी सांगूीतिक चर्चामा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij