Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल : २०८१ जेठ ६ गते (आइतवार)

आजको राशिफल : २०८१ जेठ ६ गते (आइतवार)


  • 8.9K
    Shares

    आजको राशिफल : २०८१ जेठ ६ गते (आइतवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    काम प्रभावकारी नहुन सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :जेठ ६ २०८१ आइतवार - ०२:५५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij