२०८२ कार्तिक ७ गते शुक्रवार
अघि अघि हिँड्छ छायाँ मलाई पछि पार्दै
पछि पछि हिँड्छ छायाँ मलाई अघि सार्दै
दायाँबायाँ मेरै छायाँ बन्छ सुसारे पो
मभन्दा नि लिलिपुट भन्न सक्छ को ?
तर्सिएर भागोस् भन्ने उसको अभिलाषा
एक्लै हिँड्न चाहन्छु म छैन केही आशा
आकृतिमा मेरो छायाँ मुहार भने छैन
थरथर पार्छ भूत बनी डेग चल्दैन ।
मेरो माया उसलाई उसको मलाई माया
दुवै हामी छायाँ नै हौँ लाग्छ धेरै दया
छायाँ भन्नु छवि रैछ छवि भन्नु साया
युगौँयुग बाँचिरहोस् हामी दुईको माया ।
डर लाग्छ छायाँदेखि देख्छु कालो कालो
बाह्र बजे बिलाउँछ दिन्छ घामलाई पालो
धीर बन्न सिकाउँछ मलाई मेरो छायाँ
सधैँ साथ पाऊँ लाग्छ शीतल दिने साया ।
-बसन्त रिजाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij