Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सर्लाहीको लालबन्दी जंगलमा पल शाह गम्भीर घाइते अवस्थामा भेटिए, हातमा गहिरो चोट  

सर्लाहीको लालबन्दी जंगलमा पल शाह गम्भीर घाइते अवस्थामा भेटिए, हातमा गहिरो चोट  


  • 183.4K
    Shares

    सर्लाहीको लालबन्दी जंगलमा पल शाह गम्भीर घाइते अवस्थामा भेटिए, हातमा गहिरो चोट  
    images

    काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् । 

    सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पल घाइते भएका हुन् ।

    यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।

    पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।

    सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १६:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij