Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रचण्डको राजिनामा माग गर्दै अनसन बसेका डा. केसीको स्वास्थ्य बिग्रियो

प्रचण्डको राजिनामा माग गर्दै अनसन बसेका डा. केसीको स्वास्थ्य बिग्रियो


  • 2.8K
    Shares

    प्रचण्डको राजिनामा माग गर्दै अनसन बसेका डा. केसीको स्वास्थ्य बिग्रियो

    पशुपतिको मृगस्थलिमा गत २९ बैशाख देखि अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

    ‘ग्लुकोजको मात्रा न्युन छ, किटोन बडी बनेको छ । पिसाव खुलेको छैन, मुटुको चालमा उतारचडाव छ । शरीर अत्यन्त शिथिल देखिएको छ,’ शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने । अस्पतालले डा केसीको उपचारका लागि टिम बनाउँदै छ । टिम बनेपछि नियमित स्वास्थ्य अपडेट जारी गरिने समेत निर्देशक डा काफ्लेले जानकारी दिए ।

    अस्पताल आए पनि डा केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । ‘डा सावले अनसन जारी रहेको भन्नु भएको छ । हामीले रगत जाँच गर्ने र मोनिटरमा हेर्ने काम भएको छ । पिसाव नभएको हुनाले फ्लुड चलाउनु पर्ने हुनसक्छ । नर्मल स्लाइन चलाउन पर्न सक्छ,’ डा काफ्लेले भने ।

    डा केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग अघि सारेर डा केसी गत २९ बैशाख देखि पशुपतिको मृगस्थलिमा २२ औँ अनसन सुरु गरेका थिए ।

    प्रकाशित मिति :जेठ ३ २०८१ बिहिवार - १०:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij