Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा


  • 10.3K
    Shares

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिहंदरबारमा रहेको संसदीय दलको कार्यालयमा बसिरहेको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो । 

    साढे आठ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने भएको छ ।

    माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    साथै नेकपा एमालेको केपी ओली पक्षले फागुन २८ मा विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो । तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १०:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij