Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, ५७५३ जना पास

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, ५७५३ जना पास


  • 3.7K
    Shares

    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक, ५७५३ जना पास
    images

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो । 

    दोस्रो चरणको लागि छनोट भएका छ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

    सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरूको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य परीक्षण २०८१/०१/३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ । त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।

    त्यस्तै २०८१/०२/५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने शाखाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८१ शनिवार - ०४:४९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij