Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नबिल बैङ्कले मातातीर्थ औँसीको अवसरमा ल्यायो सन्देशमूलक भिडियो, अधिकांश आमाको कथासँग मेल खाने

नबिल बैङ्कले मातातीर्थ औँसीको अवसरमा ल्यायो सन्देशमूलक भिडियो, अधिकांश आमाको कथासँग मेल खाने


  • 2.5K
    Shares

    नबिल बैङ्कले मातातीर्थ औँसीको अवसरमा ल्यायो सन्देशमूलक भिडियो, अधिकांश आमाको कथासँग मेल खाने

    काठमाडौँ । नबिल बैङ्क लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । ‘हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ’ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैङ्कले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको हो ।

    विशेषगरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औँल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ । 

    त्यस्तै, आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि यो भिडियोमा देखाइएको छ ।

    जम्मा दुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । यस भिडियोले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरूको घरको कथासँग मेल खान्छ । 

    नेपालको अग्रणी बैङ्क नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ । मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १३:१५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij