Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेनसको नाफा १०९ प्रतिशतले बढ्यो,  प्रतिसेयर आम्दानी कति ? 

तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेनसको नाफा १०९ प्रतिशतले बढ्यो,  प्रतिसेयर आम्दानी कति ? 


  • 2.2K
    Shares

    तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेनसको नाफा १०९ प्रतिशतले बढ्यो,  प्रतिसेयर आम्दानी कति ? 

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को को तेस्रो त्रैमाससम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९ प्रतिशतले बढेको छ । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार इन्स्योरेन्स कम्पनीको खुद नाफा तेस्रो त्रैमाससम्ममा १०९.६६ प्रतिशतले बढेर ५९ करोड ७१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा यसले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यसअवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन १३८.५६ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५५ करोड ६९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

    त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ७१।९८ प्रतिशतले बढेर ५२ करोड ७३ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । 

    यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १९ रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २८ रुपैयाँ ३७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ०९:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij