Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो


  • 5.7K
    Shares

    • images
    गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो
    images

    बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

    उपचारका क्रममा एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल गुल्मीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् ।

     

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - ११:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij