Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


  • 6.2K
    Shares

    करेन्ट लागेर  एकको मृत्यु

    दार्चुला । दार्चुलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

    जिल्लाको दुहूँ गाउँपालिका ३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए ।

    उनका अनुसार आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उनको ज्यान गएको हो । घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए ।

    घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - ११:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij