२०८२ फाल्गुण ३० गते शनिवार
सुन्न र बोल्न नसक्ने आँधीखोला गाउँपालिकाकी २० वर्षीया युवतीलाई करणी गरेको आरोपमा १५ वर्षीय युवा पक्राउ परेका छन्।
ती युवतीको पेटमा बच्चा रहेको थहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए । गत पुस १५ र २२ गते करणी गरेको खुलेपछि युवालाई जर्बजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होवेन्द्र बोगटीले बताए ।
स्याङ्जामा चालु आर्थिक वर्षमा १८ वटा करणीका घटना प्रहरीमा दर्ता भएको छ। जसमध्ये १३ वटा जर्बजस्ती करणी र पाँचवटा करणी उद्योगका घटना रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij