Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जबरजस्ती करणीपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

जबरजस्ती करणीपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ


  • 5.8K
    Shares

    जबरजस्ती करणीपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

    रूपन्देही । रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

    नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ ।

    युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

    जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ ।

    जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो । आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

    उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ । छोरी खाना खाने र धेरै बोल्न सक्ने अवस्थामा नरहेको आमाले जानकारी दिइन् ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १०:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij