Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

नागार्जुनको सुप्रभात काव्यगोष्ठी सम्पन्न 

नागार्जुनको सुप्रभात काव्यगोष्ठी सम्पन्न 


  • 3.1K
    Shares

    नागार्जुनको सुप्रभात काव्यगोष्ठी सम्पन्न 
    images

    काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक सुप्रभात काव्य गोष्ठी आज वैशाख १५ गते राजधानीको बागबजारस्थित इजी वे सहकारीको हलमा सम्पन्न भएको छ ।

    गोष्ठीमा करिब एक दर्जन सर्जकहरूले आआफ्ना रचना सुनाएका थिए । ती सिर्जनाहरूको चर्चित साहित्यकार डा. विनोद मन्जनले जमेर रौँचिरा शल्यक्रिया गरेका थिए । 

    उनले हरेक रचनामाथि टिप्पणी गर्दै कविले लेखेका कवितामाथि ऊँ आफैले कोण–प्रतिकोणबाट समीक्षा गर्नसक्ने दृष्टान्त पेस गर्दै वर्षौँ पहिलेका आफ्नै रचनाको समीक्षाबाट समीक्षात्मक टिप्पणी सुरू गरे ।  

    उनले समालोचकको समालोचना कम महत्त्वपूर्ण भएको बताए । हरेक रचना समीक्षकको प्रज्ञाभन्दा निकै माथि हुने उनको भावनात्मक निष्कर्ष थियो । कार्यक्रममा अध्यक्ष दिल पौडेलले नागार्जुन वाङ्मय प्रतिष्ठानबारे मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नवीन ुपल्लवुले गजल, अमरदीप सुनुवारले ‘जेब्रा क्रस’ शीर्षकीय कविता, अर्पणा खड्काले गजल डा. यादेवी ढकालले ‘बहिनीलाई चिट्ठी, सुजिता अविरलले ुसिर्जनाका तरेलीहरू’ कविता, दिल पौडेलले ‘ओ सिंहदरबार,’ बलराम विष्टले ‘कति दिऊँ शुभकामना,’ कविता, माधव घिमिरे ‘अटल’ले ‘म रोहित बेमुलाु र सुके सार्की’ युवराज नास्तिकले ‘रातो टाटो’ शीर्षकीय रचना वाचन गरेका थिए भने आख्यानकार केशव घिमिरेले भने रचनाको रसास्वादन गर्दै कार्यक्रमको छायाङ्कन गरे ।

    प्रतिष्ठानका महासचिव युवराज नास्तिकले कवि पूर्णविरामको ‘जाडो घटेको छैन मेरो प्रिय मानिस’ शीर्षकीय रचना वाचन गरी सहजीकरण गरेको सो कार्यक्रमको समापन अध्यक्ष दिल पौडेलले गरेका थिए । उनले नागार्जुन वाङ्मय प्रतिष्ठानले निकट भविष्यमा विशेषाङ्क प्रकाशन गर्न लागेको सविनय अवगत गराउँदै आगामी कार्यक्रम आगामी जेठ १९ गते हुने जानकारी गराए ।  

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १३:४५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij