Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

नाली खन्दा बम फेला

नाली खन्दा बम फेला


  • 5.3K
    Shares

    नाली खन्दा बम फेला

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।

    बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ ।

    आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो । रासस

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १०:२५:४७ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # बम

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij