२०८२ फाल्गुण ३० गते शनिवार
भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर पड्कदा ६ जना घाइते भएका छन् ।
आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको हो ।
घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।
ग्यास पड्केपछि खाजा घरका सञ्चालन र खाजा खाना आएका ग्राहक समेत घाइते भएका छन् । उनीहरूको ईवामुरा अस्पताल र मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij