Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भागरथी प्रकरण : बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ भन्दै अभियुक्त दिनेशले अन्य दुई जनामाथि लगाए हत्या आरोप

भागरथी प्रकरण : बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ भन्दै अभियुक्त दिनेशले अन्य दुई जनामाथि लगाए हत्या आरोप


  • 9.0K
    Shares

    भागरथी प्रकरण : बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ भन्दै अभियुक्त दिनेशले अन्य दुई जनामाथि लगाए हत्या आरोप

    भागरथी भट्टको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टले आफूलाई जवर्जस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन्।

    दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले शनिवार आफ्ना बुवासँगको भेटमा आफूले घटना नगराएको बताएका हुन्।

    दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साविती बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताए। दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन्। उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ।

    ‘घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिए। त्यसपछि मैले अपराध स्वीकारेको हुँ। मैले भागरथीलाई मारेको होइन।’ दिनेशको भनाई उदृत गर्दै दीपकले भने, ‘उनीहरुले नै मलाई मोबाइल, ब्याट्री दिएका हुन्।’

    बाइकमा रहेका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशले बुवालाई सुनाएका थिए।
    फोन सम्पर्कमा अपराध अस्वीकार गरेपछि दिनेशका बुवा उनलाई भेट्न शनिवार सुधार गृहमा पुगेका थिए। दिनेशको परिवारले यसबारे जानकारी दिन आइतवार महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना समेत गर्ने भएको छ।

    दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ। यसअघि घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका भट्टलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बालसुधार गृहमा राख्ने आदेश दिएको थियो। गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो। 

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - ०८:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij