Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजको मौसम

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना


  • 3.3K
    Shares

    आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना
    images

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

    महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    दिउँसो कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का तथा लुम्बिनी , मधेश र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। त्यस्तै कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ भने साथै लुम्बिनी र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

    जसमा भनिएको छ : कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - ०५:५४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij