Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा

चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा


  • 2.8K
    Shares

    चलचित्र ‘बोक्सीको घर’ आजबाट हल हलमा
    images

    काठमाडौँ । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । 

    अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।

    महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।

    फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ भने टिफल्क फिल्मस्ले  देशभर वितरण गरेको हो । 

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १०:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij