२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा जीवन लघुबीमा कम्पनीहरुले साढे सात करोड माथि बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा हाल संचालनका रहेका लघुबीमा कम्पनीहरुले ७ करोड ८८ लाख ५३ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका क्रेष्ट माइक्रो लाइफ रहेको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीले ४ करोड ८१ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij