२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास लघु निर्जीवन बीमा कम्पनीले साढे १५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको चैतमसान्तसम्म हाल सञ्चालनमा रहेको ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ६८ हजार ७७९ वटा बीमालेख जारी गरी १५ करोड ५३ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका हुन्।
समीक्षा अवधिसम्म सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३३ हजार ७०४ वटा बीमालेख जारी गरेर ६ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १५ हजार ६२३ वटा बीमालेख जारी गरेर ४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६८६ वटा बीमालेख जारी गरेर ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बीमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij