२०८२ फाल्गुण ३० गते शनिवार
काभ्रेको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थान डाँडामा भीरबाट खसेर मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले निकालेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
डाँडाबाट करीब ६र७ सय मिटर तल खसेर भीरमा अड्किएको शव नेपाली सेनाको टोलीले त्यहाँबाट निकाली प्रहरीलाई हस्तान्तरण गरेको हो ।
"चैत ६ गते काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक-३ स्थित नारायणस्थान मन्दिरको पश्चिमपट्टि भीरबाट खसी मृत्यु भएका १ जनाको शव कालीजंग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त टोलीले ज्यादै कठिन र चुनौतीपूर्ण स्थानबाट निकाली प्रहरी प्रशासनलाई बुझाएको छ," सेनाले ट्विटरमार्फत जानकारी गराएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij