Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

समाचार

राजनीतिमा संलग्न शिक्षकलाई कारवाही गर्ने तयारी, शिक्षामन्त्रीद्वारा निर्वाचन आयोगसँग विवरण माग 

राजनीतिमा संलग्न शिक्षकलाई कारवाही गर्ने तयारी, शिक्षामन्त्रीद्वारा निर्वाचन आयोगसँग विवरण माग 


  • 2.7K
    Shares

    राजनीतिमा संलग्न शिक्षकलाई कारवाही गर्ने तयारी, शिक्षामन्त्रीद्वारा निर्वाचन आयोगसँग विवरण माग 
    images

    काठमाडौं । राजनीतिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निर्वाचन आयोगसँग विवरण माग गरेकी छन् । 

    राजनीतिक दलसँग आबद्ध शिक्षकहरूबारे मन्त्रालयमा परेका उजुरी यकीन गरी कारवाही गर्ने सहजताका लागि आयोगलाई पत्राचार गरिएको शिक्षा मन्त्रालयले जानकारी दिएको हो । 

    निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ । 

    त्यसक्रममा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अघि बढ्नेछ । 

    शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा प्राप्त भएका छन् । 

    मन्त्रालयले केही दिनअघि मात्रै दलमा आबद्ध शिक्षकरकर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइसकेको छ । कतिपय जिल्ला इकाइले कारबाही पनि अघि बढाइसकेका छन् । 

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १०:१८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij