Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

यस्तो देखिए ‘घरज्वाइँ’को पोस्टरमा दयाहाङ र मिरुना

यस्तो देखिए ‘घरज्वाइँ’को पोस्टरमा दयाहाङ र मिरुना


  • 2.5K
    Shares

    यस्तो  देखिए ‘घरज्वाइँ’को पोस्टरमा दयाहाङ र मिरुना
    images

    काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई पोस्टर सार्वजनिक भएका हुन् ।

    एक पोस्टरमा दयाहाङ राई र मिरुना मगरले बोराको भारी बोकिरहेको देखिन्छ । अर्कोमा सबै कलाकारलाई समेटिएको छ । यसअघि फिल्मले ‘क्यारेक्टर लुक्स’ ल्याएको थियो ।

    पूर्वी रुकुम आसपासमा एक महिना छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् । 

    Ghar Jwain1.jpg

    जीएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्म सुशन प्रजापतिले खिचेका हुन् । फिल्मका गीतमा हर्क साउदको शब्द र मनोज थापाको संगीत छ । कृष्ण भण्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

    एमएसएम, अष्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । फिल्मलाई नेपाल वितरण आरआर फिल्म्सले गर्दैछ । असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर र सुनिल मगरको अभिनय छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १२:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij