Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

दिगु तलेजुमा मूल पूजारी पुरुषोत्तम सुवेदी नियुक्त

दिगु तलेजुमा मूल पूजारी पुरुषोत्तम सुवेदी नियुक्त


  • 6.6K
    Shares

    दिगु तलेजुमा मूल पूजारी पुरुषोत्तम सुवेदी नियुक्त

    काठमाडौं । काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो ।

    आज दिगु तलेजुका सहकाय पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी पुरुषोत्तम सुवेदीलाई दिगु तलेजु मन्दिरमा भित्य्राए ।

    दिगु तलेजुका सहायक पूजारी जोशी थकाली पुष्पमान जोशीको अनुपस्थितीमा नारायणमान जोशीले सुवेदीलाई दिगु तलेजु भित्य्राएका हुन् । सहायक पूजारी मदनराज जोशीको संयोजकत्वमा आज मूल पूजारी भित्य्राउने काम भएको हो । मूल पूजारी सुवेदीले आजैबाट नित्य पूजा पनि शुरु गरेका छन् । 

    dddd.jpg

    गत कार्तिक १९ गते दिगु तलेजुका तत्कालीन मूल पूजारी नारायण राज सुवेदी राजोपाध्यायको निधनपछि मूल पूजारी पद रिक्त रहेको थियो । यहाँको पूजा दिक्षा प्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा मूल पूजारी पद रिक्त रहेको थियो । मूल पूजारी नहुँदा यहाँका जोशीहरुबाट पूजा सम्पन्न हुँदै आएको थियो । ‘दिक्षा प्राप्त मूलपूजारी नभएको अवस्थामा समस्या भइरहेको थियो, आफ्नो पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन आफुले योगदान दिन पाउँदा खुसी लागेको छ’ मूल पूजारी सुवेदीले भने । 

    दिगुतलेजु मल्ल राजाहरुकी कुलदेवीको रुपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरु स्वयम् नै उपस्थित रहने भनिएको छ । काठमाडौं हनुमानढोकास्थित तलेजु मन्दिरको बाहिर प्रतापमल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगु तलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर रहेको छ । भाषावंशावलीअनुसार यो मन्दिर राजा शिवसिंह मल्लले बनाएका थिए । पछि वि.सं. १७२७ भाद्रमा राजा प्रतापमल्लले यस मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए ।

    कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ । कुलदेवता रहेको मन्दिरमा जो कोही पस्न नपाइने नियम रहन्छ र कुलदेवता वा देवीको पूजा गुप्त रुपमा गर्ने गरिन्छ । काठमाडौँको दिगुतलेजुकै अनुकरणमा पाटनमा दिगुतलेजु राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ फागुनमा बनाएका थिए ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij