२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेको छ।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीको परिवारले सरकारले दिने रकम नलिने घोषणा गरेको हो।
सरकारले गत बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भनेको थियो ।
मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले गत बिहीबार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
जोशीको परिवारले उक्त रकम विपन्न नागरिकको उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij