२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । थप तीनवटा जलविद्युत कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएका छन् । साधारण सेयरको प्राथमिक निष्काशन (आईपीओ)को अनुमति माग्दै ती कम्पनीहरु धितोपत्र बोर्ड पुगेका छन्।
यसरी निवेदन दिनेमा सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपवार र ग्रीन भेन्चर हाइड्रोपवार कम्पनी रहेको बोर्डले जनाएको छ।
सयपत्रीले ९ लाख कित्ता, बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता गरि एक करोड आठ लाख पाँच हजार कित्ता बढी साधारण सेयर निष्काशनको तयारी गरेका हुन्।
फागुन मसान्तसम्म आइपीओ निष्काशनको लागि निवेदन दिने कम्पनीको संख्या १५ पुगेको छ। आठ कम्पनीको निवेदन पहिलो चरणमा छ भने ७ कम्पनीको निवेदनमाथी यस अघिदेखि नै छलफल भइरहेको छ।
पहिलो चरणमा रहेका आठवटा कम्पनीले कूल दुई करोड ६१ लाख कित्ता साधारण सेयर निष्काशनको तयारी गरेका छन्।
यस्तै यसअघि नै निवेदन दिएर दोस्रो र तेस्रो चरणको अध्ययन भइसकेका सात कम्पनीको दुई करोड ९४ लाख ४० हजार ४४५ कित्ता साधारण सेयर निष्काशनको अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij