Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको मौसम

आज यी स्थानमा मेघ गर्जनसहित हावाहुरी, कहाँ कहाँ हुन्छ बर्षा ?

आज यी स्थानमा मेघ गर्जनसहित हावाहुरी, कहाँ कहाँ हुन्छ बर्षा ?


  • 3.7K
    Shares

    आज यी स्थानमा मेघ गर्जनसहित हावाहुरी, कहाँ कहाँ हुन्छ बर्षा ?

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

    कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस प्रदेशको तराई भू–भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    कस्तो होला मंगलबार र बुधबारको मौसम? 
    २०८१ वैशाख ११ गते (मंगलबार)
    दिउँसो: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    राति: कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

     २०८१ वैशाख १२ गते (बुधबार)
    दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ | देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। देशको तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ | कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भू-भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - ०५:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij