२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । कामना सेवा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा ८.४० प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले ३० करोड ५६ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३३ करोड १३ लाख रुपैयाँ पुगेको हो ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४.८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर १ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको हो ।
यता, नाफासंगै प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९७ पैसा रहेकोमा चालू आवमा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको हो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २६.५१ गुणा, प्रतिशेयर नेटवर्थ १५५.३४ रुपैयाँ र तरलता अनुपात २३.९६ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij